७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन एक लाख तोला नजिक


१३ श्रावण २०७७, मंगलबार  

0
Shares

१३ साउन ०७७, काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८ सयमा कारोवार भएको सुन मंगलबार रु दुई हजार ४ सयले वृद्धि भएको छ । मंगलबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २ सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७ सय ६० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गतशुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य रु एक हजार २ सय ४५ कायम भएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लक डाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४ सयले बढेर रु ८७ हजार पुगेको थियो । त्यसपछिका दिनहरुमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०६ बजे