११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठैव बाँडेगाँउका युवा वडा विभाजन अभियानमा


१६ श्रावण २०७७, शुक्रबार  

0
Shares


लपु संवाददाता
१६ साउन ०७७, ललितपुर । गोदावरी नगरपालिका वडा नं. १४ का स्थानीयहरु वडा विभाजनको माग लिएर हस्ताक्षर संकलनमा लागेका छन् । ठैव बाँडेगाँउ वडा विभाजन अभियान समिती बनाएर स्थानीय युवाहरुले शुक्रबार विहान बाडेगाँउका टोलटोलमा हस्ताक्षर संकलन गरेका हुन ।
नयाँ संविधानसँगै राज्य पुर्नसंरचनाको क्रममा तत्कालीन गोदावरी नगरपालिकाको ३ वटै वडालाई बज्रवाराही नगर मिसाएर नयाँ बनाइएको गोदावरी नगरपालिकामा ठैव,बाँडेगाँउ मिलाएर १४ नम्बर वडा बनाइएकोमा ठैवबासीहरु पहिलेदेखि नै असन्तुष्ट बनेका थिए ।
ठैव बाँडेगाँउ वडा विभाजन अभियान समितीका संयोजक महेन्द्र श्रेष्ठले जनसंख्या भौगोलिक सास्कृतिक आधारमा ठेव र बाँडेगााउ छुट्टा छुट्टै वडा हुनुपर्ने बताए ।
उनले भने,‘हामी वडाको सिफारिस लिएर नगर, प्रदेश र केन्द्र सरकारलाई मागपत्र बुझाउछौं ।’
२०४१ सालमा नापनक्सा भएर २ वटा बनाइएकोमा २०३४ सालमा एउटै गाँउपञ्चायत बनाइएका थियो । सरकारले बज्रवाराही र गोदावरी नगरपालिका घोषणा गर्दां यो क्षेत्र गादावरीका ३ वटा वडामा विभाजन गरिउको थियो ।
तर राज्यपुर्नसंरचनाको क्रममा गोदावरी र बज्रवाराही नगरलाई मिलाएर गोदावरी नगरपालिका बनाउदा यो क्षत्रलाई मिलाएर १४ नम्बर वडा बनाइएको थियो ।
यी दुवै वडामा फरक फरक धर्मसंस्कृति रहेकोले फरक वडा बनाउनु पर्ने माग छ ।
संयोजक महर्जनले वडाबाट सिफारिस बनाएर नगरपालिकामा जाने साथै प्रदेश हुँदै केन्द्रसम्म मागपत्र बुझाउने योजना सुनाए ।
स्थानीय सरोज महर्जनले वडा विभाजनमा स्थानीय बासिन्दाको सहमती छ । यहाँका सबैजसो युवाहरुको मत बुझेर आफूहरु यो योजनामा लागेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ०७ बजे