५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विराटनगरमा शुक्रबार रातीदेखि लकडाउन


१६ श्रावण २०७७, शुक्रबार  

0
Shares

१६ साउन ०७७, काठमाडौं । विराटनगर महानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन शुक्रबार राति १२ बजेदेखि नगरक्षेत्रमा लकडाउन लागू गर्ने निर्णय गरेको छ । महानगरस्तरीय कोरोनाभाइरस सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिएका छन् ।
विराटनगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले लकडाउनको निर्णय गरिएको उनले बताएका छन । लकडाउनमा बजार र सर्वसाधारणको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । उक्त अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसल (पुरानो र नयाँ गुद्री बजारबाहेक) औषधि पसल, दूध, पानी, ग्यास÷इन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम (बहिरङ सेवाबाहेक), आइसिपीबाट आउनेजाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा महानगर क्षेत्रभित्र बन्द गरिएको छ । विराटनगरमा आजसम्म सङ्क्रमितको सङ्ख्या १ सय ७ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : २० बजे