२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना बढेपछि जलेश्वरमा पनि निषेधाज्ञा


१७ श्रावण २०७७, शनिबार  

0
Shares

१७ साउन ०७७, जलेश्वर । समुदायस्तरमा नै कारोनाको महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो ।

साथै जिल्लाको महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ । एक साताअघि जिल्लाको महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा बिहीबार कोरोनाको सङ्क्रमण देखिएपछि जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा गए रातिदेखि निषेधाज्ञा जारी गरिएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।