११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महाननगरमा भेटिए २ कोरोनाभाइरस संक्रमित


१८ श्रावण २०७७, आइतबार  

0
Shares

१८ साउन ०७७,ललितपुर । ललितपुरमा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका कोरोना भाइरसका संक्रमित ललितपुर महानगरमा काठमाडौं बाहिरबाट आएर भाडामा बस्नेहरु छन् १ महिला र १ पुरुष रहेका कोरोनाभाइरस संक्रमित उनीहरु दुबै २८ बर्षका रहेका स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
यी संक्रमितका बारेमास्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार साँझ यसबारे पुष्टि गरेका हुन् ।
यो सँगै ललितपुर जिल्लाभर अहिलेसम्म १ सय १३ जना कोरोना संक्रमित फेला परिसकेका छन् । ४४ जना महिला र ६९ जना पुरुष रहेका संक्रमित अधिकाशं ललितपुर महानगरभित्र बसोबास गर्ने काठमाडौं बाहिरका छन् ।
ललितपुरका कोरोना संक्रमितमध्ये ३ जनाको यस अघि नै निधन भइसकेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ०५ बजे