५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोनाभाइरस माहामारी ः विदेशमा १ सय ८९ नेपालीको मृत्यु


१८ श्रावण २०७७, आइतबार  

0
Shares

१८ साउन ०७७,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट यविदेशमा १ सय ८९ नेपालीको निधन भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।
बितेका सात दिनमा विदेशमा २८ नेपालीको निधन भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।
यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४ सय २४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  २ : १७ बजे