१९ साउन ०७७, काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७।५९ अङ्कले बढेर एक हजार ४०३।८६ पुगेको छ ।
सेन्सेटिभ परिसूचक १।४७ अङ्कले बढेर २९४।२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिदबिक्री भए । आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ ।
जलविद्युत् ३।५५ अङ्कले घट्दा वित्त ०।८४ र सामूहिक लागनी कोष ०।०६ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ७।०५, व्यापार ९।४४, होटल ३३।७७, विकास बैंक ६।२४, निर्जीवन बीमा ४६।७१, उत्पादन ८।१५, अन्य ३।८२, लघुवित्त १५।७३ र जीवन बीमा ५८।७८ अङ्कले बढेका छन् ।
कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो । यस्तै नेपाल पुनःबीमा कम्पनीको रु १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु छ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु चार करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको शेयर रु तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो ।
अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९।९२, नेपाल फाइनान्स ९।४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७।२७ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ६।५४ प्रतिशतले कमाए ।
दिव्यश्वरी हाइड्रोपावर प्रालिका शेयरधनीले ६।९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६।५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६।१५, छ्याङ्दी हाइड्रोपावर ५।३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५।३२ प्रतिशतले गुमाए ।
प्रतिक्रिया