१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा अनलाइन चित्रकला प्रतियोगिता


२० श्रावण २०७७, मंगलबार  

0
Shares

२० साउन ०७७, ललितपुर । समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा  परीक्षामा सामेल विद्यार्थीहरु भाग लिन पाउने गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी विद्यार्थीले नेपालको संस्कृतिलाई विषय बनाई चित्र कोरेर पठाउन सक्नेछन् । चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई रु १० हजार नगद पुरस्कारको प्रदान गरिने जनाइएको छ । दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने बालचित्रकारहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समृद्धि विद्यालयका प्राचार्य नरेशप्रसाद श्रेष्ठले बताएका छन् ।

प्रतियोगितामा उत्कृष्ट ३० चित्रलाई जनजीवन समान्य भएपछि पाटन सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिने कार्यक्रम संयोजक अजय देशारले जानकारी दिए । इमेलमार्फत चित्र पठाउनुपर्ने र उक्त चित्र मौलिक हुनुपर्ने, पठाइएको चित्रमा ग्राफिक्स गरिए वा कुनै प्रतियोगितामा भाग लिइएका चित्रहरु भए स्वतः प्रतियोगी बाहिरिने आयोजकले जनाएको छ । देशभरका प्रतियोगीले आफ्ना चित्र आगामी साउन २५ गतेभित्र पठाइसक्नु पर्ने बताइको छ । सक्ने कार्यक्रम निर्देशक इन्युजपाना डटकमका सम्पादक बालमुकुन्द आचार्यले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ५१ बजे