११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउ सातदोवाटोका स्थानीयबासीलाई मुआव्जा नबुझ्न उर्दी


२१ श्रावण २०७७, बुधबार  

0
Shares


लपु संवाददाता
२१ साउन ०७७, चापागाँउ । चापागाँउ सातदोवाटो सडक वरपर घर भएका स्थानीयबासीलाई सरकारले दिने मुआव्जा नबुझ्न सडक पिडित संघले उर्दी जारी गरेको छ ।
ललितपुर सडक विस्तार पिडित संर्घष समन्वय समितीले सूचना जारी गर्दै यस्तो आग्रह गरिएको हो । चापागाँउ टाहाखेलदेखि सुनाकोठीसम्म ठाँउ ठाँउमा सूचना टाँसेर अव्यावहारिक तरिकाबाट वितरण गरिने मुआव्जा नबुझ्न आग्रह गरिएको हो ।
गत असार मसान्त अघि काठमाडौंमुआव्जाका लागि निवेदन दिनेहरुको घर नाप्ने काम अघि बढाएपछि सडक पिडित संघ तातेको हो ।
यस ठाँउका स्थानीयबासीले सडक विस्तार रोक्न माग गर्दै सवोच्च अदालतमा रिट जारी गरेकोमा २०७४ वैशाख १३ गते सर्वोच्चले घर भत्काउने,तोडफोड गर्ने कार्य नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।


स्थानीयबासीहरुले उचित मुआव्जा क्षतिपूर्तिका साथै सडक विस्तारका कारण सम्पूर्ण घरजग्गा गुमाउनेहरुका लागि पुर्नवासको व्यवस्था गर्न माग गर्दै रिट दिएका थिए । रिटमा ऐतिहासिक धार्मिक सम्पदाको संरक्षण गर्न र बैकल्पिक व्यवस्था गर्न माग गरेर रिट दिएका थिए ।
पिडित संघ ललितपुर ठेचोका विष्णुभक्त महर्जनले शहरभित्र राजमार्ग बनाउन नहुने तर्क गर्दै कान्तिलोकपथको प्रस्थानविन्दु टिकाभैरव बनाउनु पर्ने माग गरे ।
यस क्षेत्रका स्थानीयबासीहरु सडक बनाउनै परे बस्तीभन्दा टाढा खाली जमिनमा सडक बनाउनु पर्ने भन्दै निरन्तर आन्दोलित छन् । उनीहरु शहरभित्र बस्ती भत्काएर जनतालाई सुकुम्बासी बनाएर राजमार्ग बनाउनु हुँदैन भनिरहेका छन् ।
संर्घष समितीले अदातलको अन्तिम फैसला आइनसकेको अवस्थामा मुआव्जा लिन उचित नहुने बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ४० बजे