५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंका गाडीमा जोरविजोर प्रणाली लागू


२२ श्रावण २०७७, बिहिबार  

0
Shares


२२ साउन ०७७, काठमाडौं । कोरोनाभाइरसको जोखिम बढेपछि सरकारले विहबिारदेखि काठमाडौं उपत्यकामा फेरि जोरबिजोर प्रणाली लागू गरेको छ । जोर विरोर प्रणली अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधनमा लागु हुने सरकारले बताएको छ ।
यस प्रणली अनुसार जोर गत दिने जोर नम्बर चलाउन पाइन्छ भने विजोर नम्बरको गाडी बिजोर गतेका दिन चलाउन पाइन्छ ।
आज विहीबार बिहानैदेखि जोरबिजोर प्रणाली लागू गरिएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । विहीबार २२ गते जोर दिन रहेकाले सवारी साधनको अन्तमा जोर नम्बरका भएका गाडी मात्रै चलाउन पाइन्छ ।
गृह मन्त्रालयले बेलुका ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाउने गरेको निर्णय कार्यान्वयनमा थप कडाइ गर्नसमेत स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाका शहरी इलाकामा आजदेखि लागू हुने गरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाइका साथ पालनाका लागि कडाइका साथ प्रस्तुत हुन पनि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । मापदण्ड नमान्नेलाई दण्ड जरिवाना गर्ने र उल्लङ्घन गर्ने व्यक्ति समूह तथा संस्था भए सोको सञ्चालकसमेतलाई कारवाही गरिने मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारको निर्णयबमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमानाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने तथा होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्य निषेध रिएको छ ।

कोरोनाभाइरस सङ्क्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र÷स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरी तुरुन्त बन्द गर्ने र थप परीक्षणको व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्ला प्रशासनले भने मानिसहरुले स्वास्थ्य मापदण्ड नअपनाएकाले त्यसको अनुगमनमा कडाइ गरी कारवाही थालेको जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ११ : ३४ बजे