७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन तोलाको मूल्य एक लाख दुई हजार


२२ श्रावण २०७७, बिहिबार  

0
Shares


२२ साउन ०७७, काठमाडौं । कोरोनाको महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।
बुधबार प्रतितोला रु एक लाख एक हजार ४ सयमा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ५सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख दुई हजार २०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज चाँदीको मूल्य रु ५० ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ३ सय ४५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४ सयले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १ : ०० बजे