११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कान्ति लोकपथमा पहिरो, दक्षिण ललितपुरमा सास्ती


२३ श्रावण २०७७, शुक्रबार  

0
Shares

२३ साउन ०७७, ललितपुर । काठमाडौँदेखि हेटाँैडा जोड्ने छोटो दूरीको कान्ति लोकपथका ठाउँठाउँमा पहिरो गएपछि दक्षिण ललितपुरबासीलाई सास्ती थपिएको छ । साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिकास्थित बगुवा सम्मको मुख्य सडक अवरुद्ध भएको हो ।
टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकका ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले बताएका छन् । घिमिरेले भने, “चारपाँच वटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकिएको छैन,१० ठाउँमा पहिराले असर गरेको छ, वाग्मतीबाट दैनिक रुपमा ढुवानी हुने ५ देखि ७ सय लिटर दूध र ३ देखि ४ गाडी तरकारीसमेत किसानले बजारसम्म लगेर बेच्न पाएका छैनन् ।” कान्ति लोकपथका ठाउँठाउँमा पहिराले बिजुलीका खम्बा ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीयवासी वञ्चित भइरहेको घिमिरेले जानकारी गराए ।
पहिरो र वर्षाका कारण बगुवाबाट गिम्दीतर्फ पनि क्षति पुग्दा मुख्य सडक नै अवरुद्ध भइरहेको बिहिबार गोदावरी–१३ झरुवारासी फर्किनुभएका यात्री पत्रकार सन्तोष दाहालले बताए । वाग्मती–३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नं ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भइरहेको अर्का यात्री पत्रकार प्रकाश थिङले जानकारी दिए ।
कान्ति लोकपथ राष्ट्रिय राजमार्गअन्तर्गत पर्छ । करिब ९० किमी सो सडकमध्ये ललितपुरतर्फ ३९ र मकवानपुरतर्फ ५१ किमी छ। सो सडकको मर्मतसम्भार, पर्खाल लगाउने र कालोपत्र गर्ने काम भने कतै समाप्त त कतै हुन बाँकी नै थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ४९ बजे