१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आजको राशीफल (२०७७ साउन २४,शनिबार)


२५ श्रावण २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ साउन २४ गते शनिबार तदनुसार अगस्ट महिनाको ८ तारिक । शक संवत् १९४२, नेपाल संवत् ११४०, गुँलागा, प्रमादी, दक्षिणायन, वर्षा, शुक्रवार, भाद्र, कृष्णपक्ष तिथि पञ्चमी, २६ः१८ बजे उप्रान्त षष्ठी, नक्षत्र उत्तरभाद्रपदा , १५ः३८ बजे उप्रान्त रेवती योग सुकर्मा, ०६ः३३ बजे उप्रान्त, धृति, करण, कौलव, १३ः२० बजेदेखि तैतिल, २६ः१८ बजे उप्रान्त भद्रा, चन्द्रराशि मीन, आनन्दादि योग, धुम्र दिनमान ३३।०६, सूर्योदय ०५ः३१ सूर्यास्त, १८ः४६ पञ्चक । डाँछीस्थित कोलमती घाटमा स्नान । ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)। ज्योतिष विज्ञान अनुसन्धान केन्द्रका ज्यो. प.तुलसी भारद्वाजद्धारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला । धनमनग्य कमाउने अवसर मिलनेछ । सोचने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ ।
वृष– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । यात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिलने छ ।
मिथुन– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । खर्चबढने विबाद बढने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ ।
कर्कट– नयाँ काममा हात हाल्ने समय छ, यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला । मनमा हौसलाबढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ ।
सिंह– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । ्रप्रयत्नले धन कमाउनेअवसर मिलने छ । व्यापारमा गरेको लगानि सन्तोस प्रदरहनेछ ।
कन्या– रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।
तुला– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ । वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला, नसोचेको ठाृउमा धनको नाश हुने दिन छ ।
वृश्चिक– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।
धनु– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।
मकर– नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ ।
कुम्भ– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ ।
मीन– सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । पढाइमा पाउने सफलता यथावत रहनेछ बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन ।
बिशेष काम गर्ने राम्रो समय बिहान ण्डस्छज्ञ देखि मध्यान्न ज्ञज्ञस्घघ बजे सम्म छ, यो समय सुरुमा चन्द्र होरा लाभ बेला गुरु होरा र अमृत बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ र

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १० : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।