१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतद्वारा नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर प्रदान


२५ श्रावण २०७७, आइतबार  

0
Shares

कोरोना महामारीको बिरूद्ध लडने प्रयासमा सहयोग पु¥याउन भारतीय सेनाले दशवटा आईसीयू भेन्टिलेटरलाई नेपाली सेनालाई उपहार स्वरूप प्रदान गर्ने क्रममा नेपालका लागि भारतका राजदूत ७नतसी विनय मोहन क्वात्र र उपहार लिदै प्रधानसेनापति पूर्ण चन्द्र थापा ।

२५ साउन ०७७,काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रदान गरेका छन् ।
मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कारोना भाइरसविरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको बताएका छन । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।