११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा ४४ कोरोना सङ्क्रमित, थप चारको निधन


२६ श्रावण २०७७, सोमबार  

0
Shares

२६ साउन ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा ४४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौत्तमले जानकारी दिएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ३६, ललितपुर र भक्तपुरमा चार÷चार जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लो २४ घन्टामा देशभरबाट संकलित डाटा अनुसार थप चार जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । निधन हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४ सय ३४ नमूना परीक्षणमा आज कुल ३ सय ३८ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । आज सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको आज मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७९
रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५÷१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात÷सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन÷तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई÷दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक÷एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १ सय ४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १६ हजार ४ सय ९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ७३८ रहेको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५ सय बढी सक्रिय सङ्क्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको सङ्ख्या १० हजार ७ सय ५९ छ । विश्वभर आजसम्म दुई करोड २६ लाख ४ सय ३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको सङ्ख्या एक करोड २९ हजार ७८ रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ७ : ५६ बजे