११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा सोमबार २ को निधन, ६ जनामा कोरोना


२६ श्रावण २०७७, सोमबार  

0
Shares


२६ साउन ०७७, ललितपुर । ललितपुरमा सोमबार २ जनामा कोरोना संक्रमणपछि उपचारका क्रममा निधन भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कलंकी काठमाडौंमा घर भई ललितपुर नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ ६४ बर्षिय पुरुषको उपचारका क्रममा निधन भएको छ । साथै पाँचखाल नगरपालिका काभ्रेकी ५० बर्षिय महिलाको पनि किष्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा निधन भएको छ ।
सोमबार ललितपुर महानगरका ५ जनामा कोरोना संक्रमण भेटिएको छ । ३७ देखि ५५ बर्ष उमेर समुहका उनीहरु मध्ये १ महिला छिन् । अर्का १ जना ३७ बर्षिय पुरुष ललितपुर महालक्ष्मी नगरबासी पुरुष पनि फेला परेका छन् ।
यो संख्या संगै ललितपुरमा अहिलेसम्म १ सय ६३ जना संक्रमित फेला परेका छन् । जसमा पुरुष १११ र महिला ५२ छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : ३७ बजे