४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


केरोना भाइरसको खोप सबैतिर पु¥याउन एक खर्ब अमरिकी डलर लाग्ने


२७ श्रावण २०७७, मंगलबार  

0
Shares

गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी

२७ साउन ०७७, जेनेभा ।  केरोना भाइरसको खोप विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।”
स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उनले बताए । कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक सङ्कट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।
पत्रकार सम्मेलनमा उनले भने, “आउँदो तीन महिनामा ‘एसीटी–एक्सेलेटर’को कामको मापन गर्ने महत्वपूर्ण समय हुनेछ ।”
खोप विकास, उत्पादन र कोरोना भाइरस परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा ‘एसीटी–एक्सेलेटर’ (विश्वव्यापी सहकार्य) आवश्यक रहेको पनि उनलेले बताए ।

उनले भने, “यद्यपि यसलाई सफल पार्न हामीले सहकार्यलाई महत्व दिँदै नयाँ उपकरणको प्रयोगलाई प्राथमिकता दिने मापदण्डको आधार बाउनुपर्छ ।”
डब्ल्यूएचओ प्रमुखका अनुसार ‘एसीटी–एक्सेलेरेटर’का लागि महत्वाकांक्षा र प्रतिबद्धता गरिएको रकमको मात्रा बीच ठूलो अन्तर रहेको छ ।
“हामी ‘एसीटी एक्सेलेरेटर’को आश्वासन महसुस गर्नका लागि आवश्यक अर्बौको कोषमा १० प्रतिशतमा मात्र छौं भन्ने कुराको ख्याल गर्नुपर्छ,” उनले भने ।
यस हप्ता कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोडमा पुग्ने र सङ्क्रमित सात लाख ५० हजारको मृत्यु सङ्ख्या पुग्ने कुराप्रति सचेत गराउँदै डब्ल्यूएचओ प्रमुखले जोड दिए, “यी तथ्या ङ्कहरू पछाडि ठूलो दुःख र पीडा रहेको छ । यस कुरालाई मध्यनजर गर्दै विश्व नेताहरूले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र नागरिकहरूले सम्वेदनशील बनी अगाडि बढ्र्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ३४ बजे