११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा बुधबार मात्रै १ सय ३९ कोरोना संक्रमित


२८ श्रावण २०७७, बुधबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

२८ साउन ०७७, काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा मात्र १ सय ९ जना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा ११, वीर अस्पतालमा गरिएको परीक्षणमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ११ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण भेटिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएका छन् ।

बुधबारै देशभर ४ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । योसँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

पछिल्लो समय कोरोना भाइरस मुक्त भएर ६४ जना घर फर्किएका छन् । हालसम्म १६ हजार ७ सय २८ जना निको भई घर फर्किएका छन् । ६८ प्रतिशत कोरोनाबाट ठीक भएको पनि मन्त्रालयले जनाएको छ । देशभर सात हजार ६ सय १३ जना सक्रिय सङ्क्रमित छन् । आजसम्म चार लाख ७२ हजारभन्दा बढीको पिसिआर विधिबाट परीक्षण गरिएको छ । बुधबारसम्म ९१ जनाले कोरोनाबाट जीवन गुमाएका छन् । पछिल्लो २४ घण्टामा आठ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । निधन हुनेमा धनुषाका दुई, काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एकजना रहेको पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : २८ बजे