१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचो वडाले टास्यो टिपर निषेधको साइन बोर्ड


२९ श्रावण २०७७, बिहिबार  

0
Shares

गोदावरी नगरपालिका ठेचो वडा कार्यालयले महानगरिय प्रहरी बृत्त कार्यालय अगाडि राखेको टिपर निशेधको बोर्ड । तस्विर ः ललितपुर खबर

२८ साउन ०७७, ठेचो । गोदावरी नगरपालिका वडा नं. १२ ठेचोले आफ्नो वडाभित्रको सडकमा टिपर निषेधको साइन बोर्ड महानगरिय प्रहरी बृत चापागाँउ अगाडिलगायत ठाँउ ठाँउमा राखेको छ । साधुरो सडकबाट निरन्तर ढुंगा गिटी बोक्ने ठूला सवारी साधन गुड्न थालेपछि वडा कार्यालयले बोर्ड राखेको हो ।
वडाध्यक्ष जगतबहादुर महर्जनले बस्तीबाट निर्माण सामाग्री बोक्ने टिपर चलेपछि बोर्ड राखिएको हो । उनले भने, ‘निर्णय पहिले नै भएको हो । सूचना चाही भर्खर टागेका छौं ।’
आजकल दिउसोको समयमा टिपर चलाउन पाइदैन । हरेक साँझ प्रहरीले ललितपुर चापागाँउ प्याङ्गगाँउमा लाम लगाएर निर्माण सामाग्रीको गाडी राख्ने गरेको छ भने प्रहरीले पालौ पालो छोड्ने गरेको छ ।
पछिल्लो समय निर्माण व्यावसायीले ठुला टिपर चलाउन छोडेर साना भारतबेन्च गाडी चलाउने गरेको छ । २ सय पचास देखि ३०० क्युवफिट निर्माण सामाग्री अट्ने यस्ता गाडी निरन्तर चल्दा ८ महिनाअघि बनाइएको सडक उस्तै भएको छ ।
बर्षाको समयमा निर्माण सामाग्री बोक्न बनाइएको नख्खु कोरिडोर विग्रदा निर्माण सामाग्री बोक्ने सवारी साघुरो सडक रहेको चापागाँउ ठेचो सुनाकोठी हुँदै गुड्ने गरेका छन् ।

स्थानीय बासिन्दाले भने साँघुरो सडकमा पुराना ट्रक समेत गुड्ने गरेकाले यस्ता गाडीलाई समेत निषेध गर्न माग गरेका छन् । साँझपस गाडीको अत्याधिक चाप रहेको बेला निर्माण सामाग्री बोक्ने गाडी लस्करै गुड्ने हुँदा जाम बढेको भन्दै ठेचो सुनाकोठीबासीले निर्माण सामाग्री बोक्ने गाडी राक्न पटक पटक आग्रह गरिरहेका छन् ।
घना बस्ती रहेको यहाका सडक वरपर वालवालिका र बृद्ध समेत हिडडुल गर्ने र तिब्र गतीमा ग्ुड्ने निर्माण सामाग्री बोक्ने गाडीका कारण असुरक्षा बढेको स्थानीय बासीको भनाई छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।