१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पहिरोमा परेर एकै दिन १७ को मृत्यु, २८ बेपत्ता


३० श्रावण २०७७, शुक्रबार  

0
Shares


सिन्धुपाल्चोकको जुगल सिन्धुपाल्चोक गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरोमा बेपत्ता ३८ को उद्धार गर्दै नेपाली सेनाका जवान । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ जना घाइते भएका छन् । तस्वीर देवराज सुवेदी /रासस

३० साउन ०७७, काठमाडांै । मुलुकका विभिन्न ठाँउमा गएको पहिरोमा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ । भने २८ जना बेपत्ता छन् । सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । यहाँ मात्रै १० जनाको मृत्यु भएको र २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिएका छन् ।
शुक्रबार संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका छन् ।
पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु¥याइएको छ । ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । यहाँ दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा शुक्रबारै एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए । यहाँ एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।
यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २सय ६ जनाको मृत्यु भइसकेको छ । अझै ७१ जना बेपत्ता छन् । १ सय ६० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।