५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोदी–ओली टेलिफोन वार्ता, सिमा विवाद समाधान हुने संकेत


३१ श्रावण २०७७, शनिबार  

0
Shares

३१ साउन ०७७, काठमाडौं ।  नेपालका प्रधानमनत्री केपी ओली र भारतीय प्रधानमनत्रीबीच टेलिफोन वार्ता भएको छ ।
टेलिफोन बार्ताको क्रममा नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी भएको र दुवै प्रधानमन्त्रीबीच भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमती भएको परराष्ट्र मन्त्रालयले जनकारी दिएको छ । टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा पव्रधानमन्त्री मोदीलाई बधाई एवं शुभकामना व्यक्त गएका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र ओलिमार्फत भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गरे । “स्वतन्त्रता दिवसका अवसरमा शनिबार मोदीले सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताउनु भएकामा प्रधानमन्त्री ओलीले सराहना गर्नुभयो”, मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गर्नुभयो । ”
कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोरोनाविरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महामारीका क्षेत्रमा सहकार्य गर्न सहमत भएको बताइएको छ । महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेेतामा जोड दिए । उनले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ०० बजे