११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मध्यपुर नगर भदौ ९ सम्म लकडाउन, अस्पताल सिल


३२ श्रावण २०७७, आइतबार  

0
Shares


३२ साउन ०७७, ठिमी । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस सङ्क्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको छ । बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेकोे छ । लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ ।
नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताए । नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । अस्पतालमा कोरोना सङ्क्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।
सङ्क्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । आजसम्म भक्तपुरमा १२४ कोरोना सङ्क्रमित भइसकेका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : २५ बजे