३२ साउन ०७७,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । डिजेल, पेट्रोल र मटीतेलको साविक मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढेको हो ।
अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको बताइएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार यो मूल्य आइतबार राति १२ बजेपछि लागू हुनेछ ।
भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए ।
३२ श्रावण २०७७, आइतबार
0
Shares
प्रतिक्रिया