११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना फैलिएपछि भक्तपुरका १३ नाकामा कडाइ


१ भाद्र २०७७, सोमबार  

0
Shares


१ भदौं ०७७, भक्तपुर ।  कोरोना भाइरससङ्क्रमित समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ ।
नगरपालिकाले सोमदेखि भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिएका छन् ।
सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको प्रजापतिले जानकारी दिएका छन् । नगरप्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम परिस्थितिमा नेपालमा महामारी फैलिनु अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाइ यो रोगको सङ्क्रमणबाट जोगिन आवश्यक रहेको बताए । भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, अर्का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कोरोना सङ्क्रमितको व्यवस्थापनको लागि आवश्यक आइसोलेशन कक्षको जिम्मा सरकारले लिनुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : २१ बजे