११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ४० जनालाई कोरोना लागेको तथ्याङ्क स्वास्थ्य कार्यालयबाट सार्वजनिक


२ भाद्र २०७७, मंगलबार  

0
Shares

१ भाद्र ०७७, ललितपुर ।सोमबार ललितपुरमा ४० जनालाई कोरोना लागेको तथ्याङ्क स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको छ ।
यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा १५ जनालाई मात्रै कोरोना संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमलृे पढेर सुनाएका थिए ।
सार्वजनिक गरेको तथ्याङ्क अनुसार ललितपुर महानगरमा २३ जना महिला र १० जना पुरुषलाई कोरोना संक्रमण भएको छ । गोदावरी नगरमा २ जना महिला र महालक्ष्मी नगरमा १ जान महिला र ४ जना पुरुषमा संक्रमण भेटिएको छ ।
ऋहिलेसम्म ललितपुरमा ३ सय १५ जनामा संक्रमण फेला परेको छ स्वास्थ्य कार्यालयका अनुसार१ सय २२ महिला र १ सय ९३ जना पुरुष संक्रमित भएका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ४४ बजे