११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तीजमा चेलीबेटीलाई निम्ता नगर्न ललितपुर महालक्ष्मीको आह्वान


२ भाद्र २०७७, मंगलबार  

0
Shares

२ भदौं ०७७, ललितपुर । महालक्ष्मी नगरपालिकाले नजिकै आइरहेका पर्वहरूमा चेलीबेटीलाई घरमा निम्ता र सामूहिक खानपिनको कार्यक्रम दुवै नगर्न आह्वान गरेको छ । मुलुकमा दिनानुदिन बढिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै सोमबार महालक्ष्मीले नगरवासीलाई उक्त अनुरोध गरेको हो ।
नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जारी गर्नुभएको सूचनामा यस वर्ष कोरोना जोखिमलाई ध्यानमा राखी कुशेआँैसी तथा हिन्दू महिला दिदीबहिनीको पर्व हरितालिका तीज र ऋषिपञ्चमी पर्वमा चेलीबेटीलाई घरमा निम्ता, सामूहिक खानपिनको कार्यक्रम र नित्यकर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगरी घरमै बसेर मनाउन आह्वान गरिएको छ ।
ललितपुर महानगरपालिका–२४ ले आ–आफ्नै घरमा बसेर तीज र ऋषिपञ्चमी मनाउन अनुरोध गरेको छ । वडाध्यक्ष दिनेश कार्कीले सोमबार एक सूचना जारी गरेर नागदहमा प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन मेला लाग्ने गरेकाले यस वर्ष नागदहस्थित ऋषि मन्दिर बन्द हुने हुँदा आ–आफ्नै घरमा बसेर तीज र पञ्चमी मनाउन महानगरवासीलाई आग्रह गर्नुभयो । वडाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन तथा यदि निस्कनै परेमा मास्क लगाउन तथा कोरोना भाइरसको सुरक्षा सतर्कता अपनाउनसमेत महानगरवासीलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १० : ४१ बजे