११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको भट्टेडाँडा कलवनमा भेटियो युवकको लास


२ भाद्र २०७७, मंगलबार  

0
Shares

चापागाँउ प्रहर िकार्यालय घेराउ गर्दै आफन्त । ललितपुर खबर

लपु संवाददाता
२ भदौं ०७७, चापागाँउ । ललितपुरको भट्टेडाँडास्थित कलवनमा सोमबार युवकको लास भेटिएको छ ।
काभ्रे जिल्ला नमोबुद्ध गाँउपालिका ३ भकुण्डेबसी घर भई ललितपुर महानगरपालिका २४ धापाखेल बस्ने बर्ष १७ का दिपेन बर्देवाको शव वागमती गाँउपालिका ३ भट्टेडाँडा कलवनस्थित भिरबाट लडेको अवस्थामा फेला परेको हो ।
महानगरिय प्रहरी बृत चापागाँउका प्रहरीको अनुसार गत साउन २३ गते वागमती गाँउपालिका इकुडोलका राजेश तिमल्सिना र ललितपुर महानगरपालिका २४ स्थायी घर भएका सुवास थापासँगै दिपेन भट्टेडाँडातर्फ घुम्न गएको तर सुवास उनीहरुसँग नफर्केपछि उनीको खोजी शुरु भएको थियो ।
प्रहरी श्रोतका अनुसार दिपेन बर्देवा २३ गतेदेखि नै हराए पनि प्रहरीकोमा खबर भने २८ गते मात्रै आएको थियो ।
प्रहरीले तिमल्सिना र थापालाई सोधपुछ पछि तारेकमा छोडेको थियो ।
महानगरिय प्रहरीबृत्त चापागाँउ,भट्टेडाँडा प्रहरी चौकी, आफन्त र स्थानीयबासीको निरन्तरको खोजीपछि सोमबार मात्रै उनको शव कुइएको अवस्थामा कलवनको भीरबाट लडेको अवस्थामा फेला परेको थियो ।
उनको शव पोष्ट मार्टमका लागि पाटन अस्पताल ल्याइएको छ भने तिमस्सिना र थापालाई पक्राउ गरी मुद्दा चलाइएको महानगरिय प्ररही बृत्तका प्रहरी निरिक्षक(इन्सपेक्टर) राजन लम्सालले जानकारी दिए । उनले भने शव धेरै दुःख गरेर हामीले भेट्टाउन सफल भयौं । मंगलबार भिडियो कन्फरेन्स मार्फत उनीहरुको म्याद थप गरिएको छ ।
मंगलबार नै मृतकका आफन्त र स्थानीयबासीले महानगरिय प्रहरी बृत्त घेराउ गरी दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : २८ बजे