२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका राखियो ट्राफिक बत्ती


२ भाद्र २०७७, मंगलबार  

0
Shares


२ भदौं ०७७, ललितपुर । ललितपुरका तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ललितपुर महानगरपालिकाले मिलेर यो बत्ती जडान गरेका हुन् ।
पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडिको बत्ती आज मंगलबारदेखि सञ्चालनमा ल्याइएको हो । जसमा पुल्चोक र हरिहरभवनमा नयाँ जडान गर्नुका साथै अल्का अस्पताल अगाडिको पुरानो मर्मत गरिएको हो ।
पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले यसअघि लामो समयदेखि बिग्रिएका सिंहदरबार, पद्मोदयम मोड, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वरलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ११ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।