७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


राष्ट्रकवि घिमिरेको अन्त्येष्टिका दृश्यहरु (तस्विरहरु)


३ भाद्र २०७७, बुधबार  

0
Shares

राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम संस्कारका क्रममा पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि पुुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई, प्रधानसेनापति पूर्णचन्द थापालगायत । राष्ट्रकवि घिमिरे १०१ वर्षको उमेरमा सोमबार साँझ ५ः५५ बजे आफनै निवास काठमाडौँको लैचचौरमा निधन भएको हो । स्व. घिमिरेको श्रीमती, दुई छोरा र ६ छोरी छन । तस्वीर ः रत्न श्रेष्ठ/रासस ।

३ भदौं ०७७, काठमाडौं । दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज (बुधबार) पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । घिमिरेको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले दागबत्ती अर्पण गरेका थिए ।

यसअघि लैनचौरस्थित घिमिरेको निवास अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गनरेका थिए । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : ०२ बजे