११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरी नगरमा विहान १० बजेसम्म किनमेल गर्न पाइने


५ भाद्र २०७७, शुक्रबार  

0
Shares


५ भदौं ०७७,ललितपुर । राजधानी काठमाडौंका तनिै शहरमा जारी निषेधाज्ञाको क्रममा हरेक दिन विहान ४ बजेदेखि ७ बजेसम्म अत्यावश्यक किनमेलका लागि खुल्ने बजारको समयावधि कम भएको भन्दै जनगुनासो आइरहेको बेला ललितपुरको गोदावरी गोदावरी नगरपालिकामा भने यो समयवाधि ३ घण्टा थप गरिएको छ ।
शुक्रबार गोदावरी नगरले सूचना प्रकाशित गरेर हरेकदिन विहान ४ बजेदेखि विहान १० बजेसम्म किनमेल गर्नसक्ने गरि समयावधि थप गरिएको जानकारी गराएको छ । यो समयमा अत्यावश्यक बस्तुहरुको पसल दुध, खाद्यान्न र तरकारी पसलहरु खुल्नेछन् । प्रकाशित सूचनामा मेगर गजेन्द्र महर्जनले हस्ताक्षर गरेका छन् ।
गतविहीबार भदौं ३ गतेराती १२ बजेबाट एक हप्ताका लागि राजधानीका तीनै वटा प्रमुख जिल्ला अधिकारीद्वारा जारी निषेधाज्ञा भदौं १० गते राती १२ बजेसम्म कायम रहने छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ३० बजे