१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौंमा उपत्यकामा २१६ कोरोना संक्रमित


६ भाद्र २०७७, शनिबार  

0
Shares

मनत्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारुीइ दिदै गौत्तम ।

६ भदौं ०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा २ सय १६ नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन उपत्यकामा अहिलेसम्ममै धेरै संक्रमित थपिएको जानकारी दिइएको हो ।
उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरका ५० जना रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार ५ सय १९ नमूना परीक्षणमा ६ सय ३४ संक्रमित फेला परेका छन् ।
हालसम्म ५ लाख ९२ हजार ७१८ पिसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या १२६ रहेको छ भने हालसम्ममा १८ हजार ३५० जना सङ्क्रमबाट मुक्त भएका छन् ।
देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ११ हजार ६५८ रहेको छ । त्यसैगरी १३५ जना आइसीयूमा उपचारत छन् भने १२ जनाले भेन्टिलेटरमा रही उपचार गराइराखेका मन्त्रालयले जानकारी गराएको छ ।

अहिलेसम्म मुस्ताङ, म्याग्दी र हुम्ला सङ्क्रमणरहित रहेका छन् भने मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५सयभन्दा बढीको सङ्ख्यामा बिरामी रहेका मन्त्रालयले जानकारी गराएको छ ।
कोरोना परीक्षण गर्न स्वाब दिएपछि पनि खुलेआम हिँडेको भन्दै मन्त्रालयले नतिजा नआएसम्म क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
छ वर्षीया बालिकासहित थप नौको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नौ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ४६ पुगेको छ ।

मृत्यु हुनेमा सुनसरीमा छ वर्षीया बालिकासहित एक पुरुष रहेका छन् । पर्सामा तीन पुरुषसहित बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक÷एक पुरुषको कारोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।