११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टिकाभैरवमा कोरोना परिक्षणका लागि पिसिआर मेसिन जडान


७ भाद्र २०७७, आइतबार  

0
Shares

ल्यावको उद्घाटन गर्दै मलाल। तस्विर ः ललितपुर खबर

७ भदौं ०७७, ललितपुर । ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पतालमामा पिसिआर मेसिनबाट कोरोनाको परिक्षण सेवा शुरु हुने भएको छ । दि लिप्रोसी मिसनद्वारा सञ्चालित यस अस्पतालमा वागमती प्रदेशका सामाजिक विकाश मन्त्री युवराज दुलालले रिवन काटेर आइतबार सो सेवाको सुरु गरेका हुन् ।

मिसनका कन्ट्रि डाइरेक्टर शोभाकर कँडेलले विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमितको उप चारका लागि समयमै संक्रमित पत्ता लगाउन पिसिआर मेसिन सुचारु गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइरसको पिसिआर परिक्षणका लागि डाइगोनिष्टिक ल्याव तथा टेक्निसियन प्रमुख सन्तोष दुलालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाएपछि अस्पतालका ५६ जना अस्पतालका कर्मचारीको परिक्षण गरिएको जानकारी दिए । उनले भने, अस्पतालका सबै कर्मचारीको कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।’

केही समयमै सर्वसाधारणको परिक्षण गर्ने जानकारी दिदै दुलालले भने,‘सरकारले तोकेको शुल्कमा हामी कोरोना परिक्षण सेवा दिन्छौं ।’

कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष गोपिलाल सिङ्गतानले गोदावरी नगरपालिका,दक्षिण ललितपुरका ३ वटा स्थानीय तह र उत्तरी मकवानपुरका जनातालाई कोरोना परिक्षणको लागि सहज हुने विश्वार व्यक्त गरे ।

मेडिकल डाइरेक्टर महेश शाहले अस्पतालमा केही दिनमै १५ शैयाको आइसुलेसन वार्डको सुरुवात गर्ने जानकारी दिए ।

मन्त्री दुलालले वागमती प्रदेशमा स्थापना भएको १२ औं कोरोना जाँच गर्ने मेसिनको उद्घाटन गर्न पाउदा खुशी लागेको बताए । उनले भने, ‘हामी सिन्धुली भक्तपुर र त्रिसुलीमा छिट्टै पिसिआर मेसिन जडान गरेर सुचारु गर्दैछौं ।’

प्रदेश सासंद चेतनाथ सञ्जेलले अहिले सञ्चालित ल्यावमा १ हप्ता भन्दा धेरै समयसम्म पिसिआर परिक्षणको रिपोर्ट कुर्नु परेको जानकारी दिदै भने, अव कोरोना परिक्षण गर्न ललितपुर बासीलाई सहज हुन्छ ।’

सासंद सञ्जेलले मेसिन सञ्चालन भएपछि २४ घण्टामा रिपोर्ट आउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १ : २३ बजे