४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोनाका कारण विश्वभरी आठ लाखको मृत्यु


८ भाद्र २०७७, सोमबार  

0
Shares


८ भदौं ०७७, जेनेभा । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ ।

जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् ।

अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४, भारतमा ५६ हजार ८७५ र बेलायतमा ४१ हजार ४२३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४३०, फ्रान्समा ३० हजार ५१२, स्पेनमा २८ हजार ८३८ र पेरूमा २७ हजार ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितको सङ्ख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ९ : ३६ बजे