११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा मंगलबार भेटिए ४५ कोरोना संक्रमित


९ भाद्र २०७७, मंगलबार  

0
Shares

९ भदौं ०७७, ललितपुर । ललितपुरमा मंगलबार ४५ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार १३ महिला र १७ पुरुषसहित ललितपुर महानगरपालिकामा ३० कोरोना संक्रमित फेला परेका छन् ।
महालक्ष्मी नगरपालिकामा ११ जना संक्रमित भेटिएका छन् । ५ महिला र ६ पुरुषमा कोरोना भेटिएपछि महालक्षमीमा कुल ११ संक्रमित फेला परेका हुन् । गोदावरीनगरमा भने ४ जना पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्येख छ ।
यो तथ्याङ्कसहित ललितपुर जिल्लामा मात्रै ५ सय ३२ जनामा संक्रमण देखिएको छ । यी मध्ये २ सय २१ महिला र ३ सय ११ जनामा कोरोना संक्रमण फेला परेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ८ : ४५ बजे