
११ भदौं ०७७, काठमाडौं । विहीबार देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षणपछि १ हजार १ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंस्ख्या मन्त्रालयमा विहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा गत २४ घण्टामा जम्मा १२ हजार सय ६२९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण भेटिएको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण भएका विरामी ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् ।
यो संगै अहिलेसम्म कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १ सय ८३ रहेको छ । २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
११ भाद्र २०७७, बिहिबार
0
Shares







प्रतिक्रिया