१२ भदौं ०७७, काठमाडौं । सांसद विनोद चौधरीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । आज शुक्रबार ट्वीट गर्दै चौधरीले आफूलाई कारोना भाइरसको सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।
आज (शुक्रबार) बिहान आएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण देखिएको चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् । चौधरी ग्रुपका अध्यक्षका साथै उनी संघीय संसदका सासंद समेत हुन् । चौधरीले ट्वीटर मार्फत आफूलाई सङ्क्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताएका छन् ।
१२ भाद्र २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया