११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ७८ जनामा कोरोना संक्रमण


१३ भाद्र २०७७, शनिबार  

0
Shares


१३ भदौं ०७७, ललितपुर । पछिल्लो समयमा ललिातपुरमा ७८ जनामा कोरोनाा पुष्टि भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३८ महिला र ४० जान पुरुषमा संक्रमण देखिएको छ ।
केरोना संक्रमण देखिनेमध्ये ललितपुर महानगरपालिकामा ज्यादा छ । यहाँ २२ महिला र २७ पुरुषमा संक्रमण देखिएको छ । गोदावरी नगरमा १३ महिला र ५ पुरुषमा संक्रमण फेला परेको छ भने महालक्ष्मीमा २ महिला र ८ पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
दक्षिण ललितपुरको कोञ्ज्योसोममा समेत शुक्रबार १ महिलामा कोरोना संक्रमण भेटिएको छ । यो संगै ललितपुरमा २ सय ९० महिलामा कोरोना संक्रमण देखि सकेको छ । पुरुषमा भने ३ सय ८० जनामा कोरोना देखिएको छ । अहिलेसम्म ललितपुरमा ६७० जना संक्रमित भेटिसकेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ४७ बजे