४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


ट्रम्पको उम्मेदवारी, ह्वाइट हाउसबाट घोषणा


१३ भाद्र २०७७, शनिबार  

0
Shares


संयुक्त राज्य अ‍ेमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको दक्षिणी लोनमा रिपब्लिकन राष्ट्रपति पदको मनोनयनको लागि आफ्नो स्वीकृति भाषण दिदै । तस्विर ः चिप सोमोडेविला र गेट्टी छवि र एएफपी

वासिङ्टन, १२ भदौ ०७७ (रासस–एपी) –– रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ ।

यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुनु भएको छ ।

ह्वाइट हाउसको परिसरमा स्थानीय समय अनुसार बिहीबार राति भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाउनु भएको थियो ।

एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गर्नुभयो ।

कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताउनुभयो ।

अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गर्नु भएको थियो । तर यो उत्साहलाई कार्यरुपमा परिणत गर्न आफूले पुनः चार वर्षका लागि विजयी हुनै पर्ने अवस्था छ, उहाँले भन्नुभयो ।

उहाँले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पु–याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको पनि बताउनुभयो । जो बाइडेनले विगतमा सिनेटर र पूर्व उपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गर्नु भएको छ । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेको समेत बताउनुभएको थियो ।

अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहेपनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तिब्र बनाउने जनाएका छन् । हाल डिलावेयरस्थित आफ्नै निवासमा रहनु भएका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चाँडै चुनावी अभियान शुरु गर्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको खोप चाँडै उपलब्ध हुने बताउँदै कोरोनाभाइरस महामारीमा विजय हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चार दिनसम्म चलेको रिपब्लीकन पार्टीको अधिवेशनमा बोल्ने अधिकांश वक्ताले पनि कोरोनाभाइरस महामारी अब इतिहास भइसकेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई अतिवादीको घेरामा परेको बताउँदै डेमोक्र्याटले चुनाव जिते मुलुकमा अस्थिरता बढ्ने, कर वृद्धि हुने, अर्थतन्त्र ध्वस्त हुने तथा चीनजस्ता मुलुकले अमेरिकी रोजगारी खोस्ने बताउनु भएको थियो ।

जो बाइडेनको “खोक्रो सहानुभूति” प्रति व्यंग्य गर्दै राष्ट्रपति ट्रम्पले मिसिगन, ओहायो, न्यू ह्याम्पसायर, पेन्सिलभेनियाका रोजगारी गुमेका कामदारले बाइडेनका कुरा सुन्नुको साटो आफ्नो गुमेको रोजगारी चाहेका छन् भन्नुभयो ।

यसैबीच जो बाइडेनले ट्वीट गर्दै भन्नुभएको छ, “डोनाल्ड ट्रम्पले नाम लिएका देशभित्रका सबै हिंसाका लागि ट्रम्प नै दोषी छन् । यो उनकै कार्यकालमा भएको छ । राजनीतिक फाइदाका लागि ट्रम्पले हिंसाको सहारा लिएका छन् ।”
––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : १४ बजे