११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार ८ सय ८४ जना कोरोना संक्रमित


१३ भाद्र २०७७, शनिबार  

0
Shares


१३ भदौ, काठमाडौं । शनिबार देशभरका प्रयोगशालाबाट पाप्त रिपोर्ट अनुसार ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबारको सहित जम्मा संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । अहिलेसम्म जम्मा २ सय ७ जनाको मृत्यु भइसकेको छ भने २० हजार ५ सय ५५ जना कोरोनामुक्त भएका छन् ।
अहिले देशभर १६ हजार ५ सय ७८ संक्रिय संक्रमित छन् । उनीहरूमध्ये १० हजार १ सय ४५ संस्थागत र ६ हजार ४ सय ४५ होम आइसोलेसनमा छन् ।
काठमाडौं उपत्यकामा १ सय ८६ जना संंक्रमित थपिएका छन् । काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ३६ बजे