११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा ४ सय ८१ ज्नामा कोरोना संक्रमण


१६ भाद्र २०७७, मंगलबार  

0
Shares


१६ भदौ ०७७, काठमाडौं । मंगलबार साँझ स्वास्थ्य तथा जनासंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौं उपत्यकामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ६९ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणपछि १हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७ सय ६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १ सय ७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ५ : २४ बजे