५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निषेधाज्ञा एक हप्ता थप, केही खुकुलो


१७ भाद्र २०७७, बुधबार  

0
Shares


१७ भदौ ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ । गृह मन्त्रायलसँग भउको छलफलपछि काठमाडों उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा बढाउने निर्णय गरेका हुन् ।
निषेधाज्ञा थपिएको भएपनि केही खुकुलो पारिएको छ ।
दैनिक सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारीलाई हरेक दिन विहान विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउन र जान छुट दिने निर्णय गरिएको छ ।
बैंक तथा अन्य निकायले न्यूनतमले कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरेर मात्रै सेवा दिन पाउनेछन् ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने अझै रोक्ने निर्णय गरिएको छ । खाद्यवस्तु, औषधिलगायतअत्यावश्यक सामाग्री किन्ननिषेध गरिउको छैन । तर बजार निस्कदा सबैले मास्को प्रयोग गर्नु पर्नेछ भने दुरी कायम गरेर मात्रै कुराकानी गर्नु पर्नेछ ।
उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च हुन थालेपछिराजधानीका तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेका थिए । गएको भदौं ११ गतेदेखि पुन एक हप्ता निषेधाज्ञा थपिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ५५ बजे