५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुधबार थपिए १ हजार १ सय २० जना संक्रमित


१७ भाद्र २०७७, बुधबार  

0
Shares


१७ भदौ ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म जम्म संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । तर २३ हजार २ सय ९० कोरोनामुक्त छन् । बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
काठमाडौं जिल्लामा मात्र ३ सय ५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ३१ बजे