११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौ उपत्यकामै एकै दिन भेटिए ४ सय ४५ कोरोना संक्रमित


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै . तस्विर ः रासस

१८ भदौ ०७७, काठमाडौं। विहीबार काठमाडौं उपत्यकामा ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवत्ता जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९४ जना महिला र ८ सय ३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिएको हो ।
आज(विहबिार)सम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९ सय १७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३ सय ७ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ४ : ५१ बजे