२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनका १९ संघ संगठनद्वारा पुल्चोक घटनाको खेद प्रकट


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

रथ तान्नेक्रममा सुरक्षाकर्मीबाट पानीको फोहोरा । तस्बिरः रत्न श्रेष्ठ/रासस

लपु संवाददाता
१९ भदौं ०७७, ललितपुर । पाटनका विभिन्न १९ जातीय संघ संघठनले विहीबार पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने प्रयासको विरोध गरेका छन् ।
विभिन्न जातीय संगठनहरुद्वारा विज्ञप्ती प्रकाशित गरेर असम्बिन्धित व्यक्तिहरुले आधिकारिक निर्णयविना रथ तान्ने प्रयास गरेको भन्दै खेद प्रकट गरेका हुन् ।
विज्ञप्तीमार्फत यस अघिको बैठकले मलमास अघि नै रथका सबै प्रकृया पु¥याउने भद्र सहमती भएको उल्येख गर्दै गुठी संस्थान र विज्ञहरुसँग परामर्स गरि निस्केको निचोडलाई खलः पुचः बाट पारित गर्ने कार्यक्रम रहेको भद्र सहमती रहेको जानकारी दिएको छ ।


साथै विज्ञप्तीमार्फत रथ तान्ने तालिका समेत प्रकाशन गरेका छन् । यस बर्ष रथ भएकै स्थानमा सबै प्रकृया पु¥याउने कार्यक्रम तय गरिउको छ । तालिकामा उल्येख भए अनुसार शुक्रबार स्थानीय प्रशासनले कफर््यु लगाएको दिन क्षमा पूजा हुनेछ । आइतबार सोह्रखुट्टेसम्म रथ लैजाने कार्यतालिका छ ।
सोमबार साइत हेर्ने र साइत अनुसार रथ बुङ्गमती लैजाने कार्ययोजना छ । साइत सम्भवतः २६ गते निस्कने छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।