११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा शुक्रबार ४ सय ५४ कोरोना संक्रमित


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares


१९ भदौ ०७७, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ४ सय ५४ जनामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३ सय ५९ जना संक्रमित फेला परे । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणपछि यो संख्या पुष्टि भएको हो । अहिलेसम्म देशभर जम्मा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ४० बजे