११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन र सुमेरुमा २ संक्रमितको निधन


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

फाइल तस्विर

१९ भदौं ०७७, ललितपुर । ललितपुरमा शुक्रबार २ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौं १५ गतेदेखि सुमेरु अस्पतालमा उपचार गराई रहेका बारा निवासी ५५ बर्षिय पुरुषको निधन भएको छ । उनको विहान ७ ४५ बजे निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै सवास्थ्य कार्यालयले जनाएको छ । उनी कोरोना संक्रमित थिए ।
गत साउन ३२ गतेबाट पाटन अस्पतालमा उपचाररत काठमाडौंका ४१ बर्षिय कोरोना संक्रमितको पृुरुषको पनि शुक्रबार विहान ९ः ४५ बजे निधन भएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ०१ बजे