११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरमा निषेधित क्षेत्र घोषणा


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares


१९ भदौं ०७७,ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरको पुल्चोक र मंगलबजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकार नारायण प्रसाद भट्टले जारी गरेको निषेधित क्षेत्रमा ५ जना भन्दा धेरै जम्मा हुन नपाउने उल्येख छ ।
मच्छिन्द्रनाथको रथ राखिएको स्थान पुल्चोक र मीननाथको रथ राखिएको स्थानमंगल बजारलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले लगाएको कफर््यु शुक्रबार रातीबाट समाप्त हुदैछ ।
निषेधित क्षेत्र भदौं २६ गतेसम्मका लागि विहान ५ बजेदेखि रातको १० बजेसम्म लागू हुनेछ ।
निषेधाज्ञा पुर्वमा मदनस्मारक स्कुलदेखि पश्चिममा महानगरपालिकाको कार्यालय दक्षिणमा सेन्ट जेभियस स्कूलदेखि उत्तरमा बखुण्डोलसम्मको क्षेत्रलाई तोकिएको छ ।
मंगलबजारको निषेधि क्षेत्रको हकमा पुर्वमा मंगलबजार पश्चिममा मदनस्मारक स्कूल दक्षिणमा पूर्णचण्डी र उत्तरमा तिमबहालसम्मको क्षेत्रलाई तोकिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ४५ बजे