११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा स्वास्थ्यकर्मीको शव फेला


२० भाद्र २०७७, शनिबार  

0
Shares


२० भदौं ०७७,ललितपुर । गोदावरी नगरपालिका १० चापागाउँ मूलडोलमा शुक्रबार एक महिलाको शब फेला परेको छ । सो शव ललितपुरको चुनिखेल घर भएकी र अल्का अस्पतालमा कार्यरत ४६ वर्षीय गीता केसी रहेको महानगरीय प्रहरी बृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।
घटनास्थलमा प्रहरीले मृतक महिलाकको पर्स, झोला र परिचयपत्रको आधारमा उनको पहिचान भएको थियो । शवकोे अनुहारमा चोट समेत देखिएको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपि ओझाले बताएका छन् ।
शुक्रबार साँझ शब देखेपछिपछि स्थानीयबासीले चापागाँउ प्रहरीलाई खबर गरेका थिए । शबलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको डीएसपी ओझाले बताए ।
शनिबार बिहान पाटन अस्पतालको फरेन्सिक डाक्टर, प्रहरी कुकुरसहित अनुसन्धान टोली घटनास्थल पुगेर अनुसन्धान गरेको थियो ।
घटनाबारे अनुसन्धान भईरहेको र पाटन अस्पतालको फरेन्सिक टोलीले ३ दिनपछि रिपोर्ट बुझाउने र थप अनुसान्धन हुने डिएसपि ओझाको भनाई छ ।

ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो । राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले अज बिहान गएर शव उठाएको थियो । आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ४ : २४ बजे