११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शनिबार ललितपुरमा ६४ कोरोना संक्रमित फेला


२० भाद्र २०७७, शनिबार  

0
Shares


२० भदौं ०७७, ललितपुर । ललितपुरमा शनिबार ६४ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा आज(शनीबार) सर्वाधिक संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालयका अनुसार ललितपुर महानगरपालिकाका २७ महिला र ३१ पुरुष गरेर जम्म ५८ जनामा संक्रमण फेला परेको छ ।
महालक्ष्मी नगरमा १ जना महिला र ३ जना पुरुष गरी जम्मा ४ जना कोरोना संक्रमित प्रमणित भए । गोदावरी नगरमा भने २ जना पुरुषमा संक्रमण रहेको छ ।
शनिबारबाट ललितपुरमा कोरोना संक्रमितको संख्या १ हजारभन्दा धेरै भएका छन् । शनिबारसम्म ललितपुरमा १०५४ जना संक्रमित भइसकेका छन् । यी मध्यै ४सय ६० महिला र ५ सय ९४ पुरष छन् ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १० : २० बजे