४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा


२१ भाद्र २०७७, आइतबार  

0
Shares


२० भदौ ०७७,(रासस÷एएनआई) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको ट्रम्पले उल्लेख गरेका छन् ।
स्थानीय समयानुसार शुक्रबार उनले भनेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहेका छन्, त्यो धेरै राम्रो भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : २८ बजे